स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

काठमाडौं । पर्सामा स्रोत नखुलेको ६ लाख नगदसहित एक जना पक्राउ परेका छन्।वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरस्थित सडकबाट एक जनालाई ६ लाख नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर लम्सालले जानकारी दिए।

पक्राउ पर्नेमा भारत विहार रक्सौलका २७ वर्षीय ओमकुमार रौनियार छन्। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले उनलाई बिआर ०५ क्यु ४३८४ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो।

उनले बोकेको बोरामा ५ सयको १२०० थान नोट बरामद भएको हो। उनीमाथि प्रहरीले मुलुकी अपराध संहिता २०७४ अनुसार हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया