इन्डो–नेपाल भलिबलमा पुलिस, गुजरात र आर्मी विजयी

काठमाण्डाै  इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज नेपाल पुलिस क्लब, भारतको गुजरात प्रदेश र नेपाल आर्मी क्लब विजयी भएका छन् । बुटवलको रामनगर खेलमैदानमा आज भएका खेलमा पुलिसले मनिमुकुन्द भलिबल क्लबलाई ३–१, गुजरातले एपीएफलाई ३–१ र आर्मीले गलकोट भलिबल क्लबलाई ३–० को साझो सेटमा हराएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजना भइरहेको आजको पहिलो खेलमा पुलिसले मणिमुकुन्दलाई पहिलो सटेमा २५–१५, तेश्रो सेटमा २५–२० र चौथो सेट २५–१८ को सेटमा हरायो । दोश्रो सेटमा मणिमुकुन्दले पुलिसलाई २५–२० सेटमा हरायो ।

यस्तै आजै भएको दोश्रो खेलमा गुजरातले एपीएफलाई ३–१ को सेटमा हरायो । एपीएफले पहिलो सेट २५–२१ ले जितेको थियो । त्यसपछि गुजरातले लगातार तीन सेटको जीत निकाल्यो । गुजरातले दोश्रो सेट २५–१८, तेश्रो सेट २५–१५ र चौथो सेट २५–१८ ले जित्यो ।

आजै भएको तेश्रो खेलमा आर्मीले गलकोटलाई सोझो सेटमा हरायो । आर्मीले पहिलो सेट २५–२१, दोश्रो सेट २५–२३ र तेश्रो सेट २५–१९ ले जितेको छ । आठ वटा टोली सहभागी भएको इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता यही पुस २४ गते आउँदो बुधवारसम्म चल्नेछ ।

  • २० पुस २०८१, शनिबार

प्रतिक्रिया