काठमाण्डाै । काठमाण्डाै जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धराैटीमा छाड्न आदेश दिएकाे छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले आज मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
काठमाण्डाैकाे तीनकुनेमा चैत १५ गते राजावादीले गरेकाे आन्दाेलन हिंसात्मक भएपछि मिश्र पक्राउ पर्नुभएकाे थियाे । मिश्रमाथि राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसूरमा मुद्दा दर्ता भएको थियो ।
मिश्रसँगै पक्राउ पर्नुभएका राप्रपाका महामन्त्री धवलशमशेर राणा भने हिजाे बेलुका तीन लाख रुपैयाँ धराैटी बुझाएर रिहा भइसक्नुभएकाे छ । तीनकुने घटनाका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईं भने पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
५ असार २०८२, बुधबार १२:४२ मा प्रकाशित