काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । बिहीबार साँझ बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरू उठेर विरोध जनाएपछि स्थगित भएको हो ।
गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै लामो समयदेखि संसद् अवरुद्ध हुँदै आएको छ ।
३२ जेठ २०८२, शुक्रबार १२:३५ मा प्रकाशित