ड्युटीमा बेहोस भएर ढलेका प्रहरी सहायक हवलदारको मृत्यु

काठमाडौं । डोटीमा ड्युटी गर्दागर्दै  बेहास् भएर ढलेका एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका- ५ घर भएका ३६ वर्षका प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको मृत्यु भएको हो।

बुधबार बिहान तीन बजेतिर उनी इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यालयको ड्युटीमा खटिएका थिए । उनलाई  बिहान तीनदेखि ६ बजेको ड्युटीमा खटाएको थियो। ड्युटीमा रहेका उनी एक्कासि छाती दुख्यो भन्दै बेहोस् भएका थिए। 

सोही ठाउँमा रहेको  बिपिनगर पोलिक्लिनकमा सामान्य चेकजाँच पश्चात थप उपचारका लागि पोलिक्लिनिकले बिहान ४ बजे सेति प्रादेशिक अस्पताल धनगढी रेफर गरेको थियो। अस्पतालमा उपचारका क्रममा  बिहान ६:३२ बजे सेती प्रादेशिक अस्पतालमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए।


मृतकका परिवारमा श्रीमती र १५ वर्षकी छोरी छन्। प्रहरीका अनुसार उनी पहिला पनि ड्युटीमा रहेका बेला पटक पटक  बेहोस भएर ढलेका थिए।

प्रतिक्रिया