काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले हालै जारी भएका अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा कार्यालयले बुधबार अपराह्न ४ बजे कार्यक्रम गरी अध्यादेशका विषयवस्तु सार्वजनिक गर्न लागेको हो। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार चार वटा अध्यादेश जारी गरेका थिए।
प्रधानमन्त्रीको उपस्थितिमा हालै जारी भएका सुशासन प्रवर्द्धन र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेशका विषयबस्तु सार्वजनिक गर्न लागिएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सगरमाथा हलको कोठा नम्बर ४१३ मा कार्यक्रम हुनेछ।
३ माघ २०८१, बुधबार ०६:३० मा प्रकाशित