राजबिराज– काठमाडौं रुटमा धमाकेदार प्रवेश गर्दै SIMRIK A/C BUS”

bmn.news

काठमाडौं  । राजबिराजवासी तथा राजधानी काठमाडौं आवतजावत गर्ने यात्रुहरूका लागि अब यात्रा अझ सहज, सुरक्षित सुविधासम्पन्न बन्ने भएको छ। यात्रु सेवामा नयाँ क्रान्ति ल्याउने उद्देश्यसहित SIMRIK YATAYAT TRAVELS & TOUR PVT. LTD. ले अत्याधुनिक सुविधायुक्त SIMRIK A/C BUS सञ्चालनमा ल्याउने भएको छ। कम्पनीका अनुसार बस सेवा आगामी जेष्ठ महिनाको पहिलो हप्तादेखि राजबिराज काठमाडौं रुटमा दैनिक रात्री सेवासहित सञ्चालन हुनेछ।

विशेषगरी लामो दूरीको यात्रालाई आरामदायी झन्झटमुक्त बनाउन कम्पनीले यात्रुहरूको आवश्यकतालाई मध्यनजर गर्दै आधुनिक तथा लक्जरी सुविधा समावेश गरेको जनाएको छ। यात्रुहरूले अब यात्रा अवधिभर VIP स्तरको अनुभव लिन सक्नेछन्।

यस बसमा LUXURY VIP SOFA सीट को व्यवस्था गरिएको , जसले यात्रुलाई थकानरहित यात्रा अनुभव दिनेछ। प्रत्येक सीटमा ब्ल्यांकेटको सुविधा उपलब्ध हुनेछ भने सम्पूर्ण बस FULL A/C SERVICE सहित सञ्चालन हुनेछ। यात्रुहरूको स्वागत तथा सत्कारलाई प्राथमिकता दिँदै प्रत्येक यात्रुलाई MINERAL WATER बिस्कुट समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

यात्रालाई थप व्यवस्थित प्रविधिमैत्री बनाउन बसमा लेडीज अडियो रेकर्डद्वारा ANNOUNCEMENT SYSTEM जडान गरिएको छ। यात्रुहरूले बसभित्रै सहज रूपमा सूचना प्राप्त गर्न सक्नेछन्। कम्पनीले यात्रु सुरक्षालाई समेत उच्च प्राथमिकता दिएको छ। कुनै पनि आकस्मिक शारीरिक समस्या आएमा प्रयोग गर्न मिल्ने First Aid Medicine को व्यवस्था गरिएको भने महिला यात्रुहरूको सुविधाका लागि Sanitory Pad समेत उपलब्ध हुनेछ।

यति मात्र होइन, यात्रुलाई थप उत्साहित बनाउन कम्पनीले हरेक शुक्रबार विशेष LUCKY DRAW कार्यक्रम सञ्चालन गर्ने भएको , जसअन्तर्गत प्रत्येक हप्ता जना भाग्यशाली यात्रुले आकर्षक उपहार प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार बसको TIMING पूर्ण रूपमा FIX गरिएको हुनेछ, जसले यात्रुहरूलाई समयमै गन्तव्यमा पुग्न सहज बनाउनेछ। साथै, गाडीका कर्मचारीहरूद्वारा यात्रुहरूलाई उच्चस्तरीय Hospitality Service प्रदान गरिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

यस सेवाको व्यवस्थापन पक्षको नेतृत्व MANAGING HEAD – अभिनय सिंह राजपूत ले गर्नेछन्।
राजबिराज बुकिङका लागि बिजय गुप्ता तथा काठमाडौं बुकिङका लागि संतोष साह लाई सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।


प्रतिक्रिया