राप्ती राजमार्गको राम्री–कपुरकोट सडक एक हप्तासम्म बन्द हुने

काठमाण्डौ  राप्ती राजमार्गअन्तर्गत सल्यानको राम्री–कपुरकोट सडक आजदेखि फेरि एक हप्तासम्म बन्द हुने भएको छ ।

सडक विस्तार तथा निर्माणको कार्य चलिरहेको हुँदा आजदेखि जेठ १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार सडकको स्तरोन्नतिका लागि आजदेखि गाडी आवागमन बन्द गरिन लागिएको हो ।

बन्द हुने समयमा साना गाडी तथा यात्रुले  पैंयाखोरिया–सातवास–किमुचौर–कपुरकोट सडक प्रयोग गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया