काठमाण्डाै । अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘बिग बाश लिग’ (बीबीएल) को विदेशी खेलाडी ड्राफ्टमा नेपालका ६ जना खेलाडी परेका छन् । आउँदो सिजनका लागि नेपालका सन्दीप लामिछाने, देव खनाल, आरिफ शेख, अर्जुन साउद, विपिन शर्मा र शेर मल्ल ड्राफ्टमा परेका हुन् ।
सन्दीपले यसअघि मेलबर्न स्टार्स र होबर्ट हरिकेन्सबाट बीबीएल खेलिसकेका छन् । सन्दीप र ललित राजवंशी गएको संस्करणको बीबीएल ड्राफ्टमा सहभागी भए पनि उनीहरूलाई कुनै पनि टोलीले आबद्ध गरेनन् ।
बीबीएलको ड्राफ्ट भोलि हुँदैछ । यस वर्षको ड्राफ्टमा १९ वटा देशका ४ सय ४० जना खेलाडी छन् । बीबीएलमा एडिलेड स्ट्राइकर्स, ब्रिसबेन हिट, हाेबर्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कोर्चर्स, सिड्नी सिक्सर्स, सिड्नी थन्डर गरी ८ वटा टाेली छन् ।
६ असार २०८२, बिहिबार ०२:०० मा प्रकाशित