जनमोर्चाले सङ्घीयताविरुद्ध आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालले सङ्घीयता विरुद्ध आन्दोलन गर्ने भएको छ । आगामी चैत्र २४ देखि ३० गतेसम्म सङ्घीयता विरुद्ध आन्दोलन गर्ने उक्त पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले जानकारी दिए ।

बुधबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा शर्माले भने, ‘सङ्घीयता नेपालका लागि अफवाहसिद्ध भइसकेको छ ।’ यही विषयमा जनतालाई बुझाउन आन्दोलन गर्नुपर्ने उनले बताए  । आन्दोलन राजधानी केन्द्रित हुने उनको भनाइ छ ।

प्रतिक्रिया