‘भ्वाइस किड्स’ चौंथो सिजन आजदेखि सुरु हुँदै

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘भ्वाइस किड्स’ चौंथो सिजनको प्रसारण आजदेखि सुरु हुँदैछ । हिमालय टिभी र ‘भ्वाइस अफ नेपाल’को युट्युब च्यानलबाट बेलुका ८ बजेदेखि प्रसारण सुरु हुँदैछ ।

‘ब्लाइन्ड अडिसन’मा ४८ जनाले प्रतिस्पर्धा गर्नेछन् । यसको अर्थ, एकजना कोचको समूहमा १२ जना प्रतियोगी हुनेछन् । नेपालसहित विदेशबाट आएका नेपालीभाषी ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले भाग लिँदैछन् ।

शो निर्देशक लक्ष्मण पौड्यालका अनुसार चौंथो सिजन पनि दर्शकको लागि धेरै रोचक हुने अनुमान छ । नयाँ सिजनको कोचमा सत्यराज आचार्यसहित खेम सेन्चुरी, मेलिना राई र मिलन नेवार कोचको रुपमा हुनेछन् ।

चौैैंथो सिजनलाई विहिबार बेलुका आयोजित समारोहमा  प्रिमियर गरिएको छ । प्रिमियरमा पहिलो एपिसोड स्क्रिनिङ गरिएको थियो । प्रिमियरमा सहभागी दर्शकले उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको जनाइएको छ ।


प्रतिक्रिया