काठमाडौं:- पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ।
शंकास्पद
सम्पत्तिको अनुसन्धानका क्रममा सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई काठमाडौं
ल्याई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग मा बुझाइएको थियो।
विभागमा
करिब दुई घण्टा बयान लिएपछि उनलाई म्याद थपको प्रक्रियाका लागि विशेष अदालत लगिएको
हो। हाल अदालतमा यस विषयमा बहस भइरहेको जनाइएको छ।
पौडेललाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले उनको निवासमा समेत छापा मारेको थियो।
१० असार २०८३, मङ्गलबार ०४:४० मा प्रकाशित