काठमाण्डौ । पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । तराई क्षेत्रका धेरै ठाउँको मौसम सफा छ । प्रि मनसुनको समय भएकाले दिउँसोपछि देशका धेरै ठाउँमा हावाहुरी चल्ने र मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
७ चैत २०८१, बिहिबार ०२:४० मा प्रकाशित