काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखा भोलिसम्म बन्द हुने भएको छ ।
मन्त्रालयले नियमित मर्मत कार्यका कारण भोलि बेलुकीसम्म एनओसी अनलाइन प्रणाली पूर्ण रूपमा बन्द रहने जनाएको हो ।
यस अवधिमा अनलाइनमार्फत वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिन वा अरु सेवा लिन सकिने छैन । यस्तै आज भौतिक रूपमा प्रवाह हुने सेवासमेत बन्द हुने मन्त्रालयले जनाएको छ ।
३१ फाल्गुण २०८१, शुक्रबार ०३:४६ मा प्रकाशित