यू–१९ महिला विश्वकप : अष्ट्रेलियाले स्कटल्याण्डलाई हरायो

काठमाण्डौ  आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले स्कटल्याण्डलाई हराएको छ । मलेसियामा भएको खेलमा अष्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेटले हराएको हो ।

स्कटल्याण्डले दिएको ४९ रनको लक्ष्य ६ ओभर ४ बलमा एक विकेट गुमाएर भेटायो । उसका लागि केट पेल्लेले २९ र इन्स म्याककेअनले १२ रन बनाए ।

पहिले ब्याटिङ गरेको स्कटल्याण्डको लागि इमा वालसिङघमले १२ र चार्लोट नेभार्डले १० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अष्ट्रेलियाका इलिनोर लारोसा र काओमी ब्रेले ३/३ तथा हसरत गिलले दुई विकेट लिए । 

प्रतिक्रिया