असनमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौँ । असनको एक घरमा लागेको आगलागी नियन्त्रणमा आएको छ । बिहीबार दिउँसो असन चोकबाट महाबौद्ध मन्‍दिर जाने बाटोमा रहेको एक घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंकी प्रवक्ता डिएसपी पूर्णिमा कुमारी चन्दले जानकारी दिइन्।

उनका अनुसार होम अप्लायन्सहरू राखिएको गोदाममा आगलागी भएको हो। दिउँसो ३:१७ बजे आगलागी भएको खबर प्राप्त भएपछि प्रहरी, सशस्त्र प्रहरी र सेनाको दमकल पुगेको थियो।

आगो नेपाली सेना, नेपाल प्रहरी, स्थानीवासी लगायतको प्रयासमा नियन्त्रणमा आएको बताइएको छ ।

प्रतिक्रिया