रास्वपाको महाधिवेशनमा नजाने, रबि लामिछानेको निम्तो अस्वीकार गरे हर्क साम्पाङले

bmn.news

काठमाडौं:- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशनमा सहभागी नहुने भएका छन्। रास्वपाका सभापति रवि लामिछानेले विशिष्ट अतिथिका रूपमा उपस्थित भई शुभकामना दिन पठाएको निम्तो उनले अस्वीकार गरेका हुन्।

साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै रास्वपाले निम्तो दिएको स्वीकार गरे पनि आफू उपस्थित हुन नसक्ने बताएका छन्। उनले प्रधानमन्त्रीले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति पार्टीको स्पष्ट धारणा नआएकाले आफूलाई असहज भएको उल्लेख गरेका छन्।

रास्वपाले साम्पाङसहित संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू—कांग्रेस, एमाले, नेकपा, राप्रपा र जसपा नेपाललाई पनि महाधिवेशनका लागि निम्तो दिएको छ। साथै, नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा आयोजना हुँदैछ।


प्रतिक्रिया