काठमाण्डौ । १९ वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि भारतले जितेको छ । साबिक विजेता बङ्गलादेशलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै घरेलु टोली भारतले उपाधि जितेको हो ।
गएराति अरुणाञ्चलको गोल्डेन जुब्ली रङ्गशालामा भएको फाइनल खेलमा निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३–० तथा बङ्गलादेशले नेपाललाई २–१ ले पराजित गरेका थिए । भारतले चौथौ पटक उमेर समूहको उपाधि जितेको हो ।
भारतले यसअघि सन् २०१९ मा १८ वर्षमुनिको, २०२२ मा २० वर्षमुनिको र २०२३ मा १९ वर्षमुनिको च्याम्पियनशिपको उपाधि जितेको थियो ।
७ जेठ २०८२, सोमबार ०२:५२ मा प्रकाशित