नेपाल लाओससँग २-१ गोलले पराजित

काठमाण्डौ  एएफसी एशियन कप २०२७ को छनोटअन्तर्गत समूह 'एफ' को आफ्नो दोस्रो खेलमा नेपाल लाओससँग पराजित भएको छ ।

न्यु लाओस नेशनल स्टेडियममा भर्खरै सकिएको खेलमा नेपाल लाओससँग २-१ गोलले पराजित भयो । लाओसका दमोथ थोङखामसभाटले खेलको १३औं र पिटर फाङथाभोङले ४९औं मिनेटमा गोल गरे । नेपालका मनिष डाँगीले खेलको ७१औं मिनेटमा गोल गरे ।

नेपाल लाओससँगको अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक पराजित भएको हो । यसअघिका ६ भेटमा नेपाल ३ खेलमा विजयी हुँदा ३ खेल बराबरीमा सकिएको थियो ।

यो हारले नेपाल तेस्रो चरणको छनोटको समूह 'एफ' मा २ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ । नेपाल आफ्नो पहिलो खेलमा मलेशियासँग पनि हारेको थियो । यो समूहमा नेपाल, लाओस, मलेशिया र भियतनाम छन् ।

प्रतिक्रिया