काठमाण्डाै । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु मैदानमा चार वटा देश सहभागी 'फोर नेशन्स कप' खेल्ने भएको छ ।
'फोर नेशन्स कप' आउँदो फेब्रुअरी १७ देखि २६ तारिखसम्म काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमार रहेका छन् ।
यो प्रतियोगिता फेब्रुअरीको फिफा अन्तर्राष्ट्रिय खेल 'विन्डो' मा हुन लागेको एन्फाले जनाएको छ ।
१९ पुस २०८१, बिहिबार १२:५० मा प्रकाशित