बारा: मिटरब्याजविरुद्ध जनकपुरबाट काठमाडौँतर्फ पैदल मार्च गरिरहेका पीडितसँग वार्ताका लागि गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ पुगेका छन्।
निजगढ उद्योग वाणिज्य संघको हलमा भएको पहिलो चरणको वार्तामा आन्दोलनरत पक्षले आफ्ना ६ बुँदे माग प्रस्तुत गरेको जनाएको छ।
दुवै पक्ष दोस्रो चरणको वार्ताका लागि आन्तरिक तयारीमा जुटेका छन्। गृहमन्त्री
गुरुङले मागबारे प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका छन्।
३१ असार २०८३, मङ्गलबार ०१:२२ मा प्रकाशित