काठमाडौं:- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। मन्त्रालय भवनको भुइँतलामा आजदेखि उक्त सेवा सुरु गरिएको हो।
निजामती कर्मचारीलाई कार्यस्थलमै सहज, छिटो र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध
गराउने उद्देश्यले सेवा इकाई स्थापना गरिएको मन्त्रालयले जनाएको छ। यसबाट सामान्य
स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म पुग्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको
छ।
मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पतालमा बढ्दो
सेवाग्राहीको चाप व्यवस्थापन गर्न पनि मन्त्रालयभित्रै स्वास्थ्य सेवा विस्तार
गरिएको हो।
सेवा इकाईमार्फत निजामती कर्मचारी तथा सेवाग्राहीलाई स्वास्थ्य परीक्षण, रगत परीक्षणलगायत आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।
२० असार २०८३, शुक्रबार ०४:५६ मा प्रकाशित