काठमाडौं:- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारको १०० दिनको कार्यसम्पादन हेर्दा जोश, जागर र इच्छाशक्ति देखिए पनि अनुभव, परिपक्वता र विज्ञताको कमी देखिएको बताएका छन्।
घिसिङले सरकारका
प्रारम्भिक गतिविधि हेर्दा काम गर्ने उत्साह देखिए पनि प्रभावकारी परिणामका लागि
आवश्यक अनुभव र विषयगत विज्ञता कमजोर रहेको टिप्पणी गरे।
उनले सरकार सञ्चालनमा
प्रभावकारी परिणामका लागि अनुभव, स्पष्ट
योजना र विज्ञताको आवश्यकता रहेको धारणा व्यक्त गरे।
२५ असार २०८३, बुधबार ०२:५७ मा प्रकाशित