काठमाडौं । बाजुराको गौमुल गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका टाडाकोटका ५६ वर्षीया डम्बर बहादुर रोकायाको मृत्यु भएको हो ।
रोकायाको घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले बताए । उनी एक सय मिटर तल खोचमा खसेका थिए ।
२२ फाल्गुण २०८१, बुधबार ०६:१९ मा प्रकाशित