काठमाडौं:- यस वर्षको मनसुन प्रणाली देशभर पूर्ण रूपमा फैलिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार भएसँगै देशभर मनसुन सक्रिय बनेको हो।
नेपालमा सामान्यतया जुन १३ मा पूर्वी क्षेत्रबाट मनसुन
प्रवेश गरी करिब एक साताभित्र देशभर फैलिने गर्छ। तर यस वर्ष सरदरभन्दा ६ दिन ढिलो, असार ५ गते ९जुन १९०
मनसुन नेपाल भित्रिएको थियो। त्यसपछि चरणबद्ध रूपमा विस्तार हुँदै १२ दिनपछि देशभर
पुगेको महाशाखाले जनाएको छ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहेको
छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा
आंशिकदेखि सामान्य बदली छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशी प्रदेशका
एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।
पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने
उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा
भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
यता,
बाढी पूर्वानुमान
महाशाखाले प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल रहे पनि ससाना नदी तथा
खोलामा आगामी तीन दिनसम्म आकस्मिक बाढीको जोखिम रहने जनाएको छ।
महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूको बहाव सामान्य अवस्थामा छ।
कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती
नदीको अवस्था पनि सामान्य रहेकाले तत्काल ठूलो नदीबाट जोखिम देखिएको छैन।
तर झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, गोरखा, चितवन, तनहुँ, लमजुङ, कास्की, नवलपरासी ९पश्चिम०, रुपन्देही, कपिलवस्तु, दाङ,
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेलधुरालगायत
जिल्लाका ससाना नदी तथा खोलामा पानीको सतह उल्लेख्य बढ्न सक्ने भएकाले
स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले अद्यावधिक मौसम तथा
बाढीसम्बन्धी सूचना नियमित रूपमा प्राप्त गर्दै आवश्यक सावधानी अपनाउन
सर्वसाधारणलाई अनुरोध गरेको छ।