राप्रपा नेपालको निर्णय- ०८२ मंसिरमा महाधिवेशन गर्ने

काठमाडौं । राप्रपा नेपालले विसं २०८२ साल मंसिर दोस्रो साता पार्टीको केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । हिजो र आज बसेको पार्टी केन्द्रीय समिति बैठकले २०८२ मंसिर १३, १४ र १५ गते काठमडौंमा महाधिवशेन गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता बसन्तमान सिंह अधिकारीका अनुसार पार्टीको राजनीतिक कार्यपत्र, संगठन विभागको प्रतिवेदन तराई मधेस उत्थान अभियान सम्बन्धि कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन पनि परिमार्जनसहित पारित भएको छ ।

पार्टीले आगामी विसं २०८१ चैतदेखि जनसंघर्ष सुरु गर्ने निर्णय पार्टीले गरेको छ । राप्रपा नेपालले समान विचारधारा भएका दल तथा समूहसँग एकता गर्ने र एकता सम्भव नभए सहकार्य वा मोर्चा बनाएर अघि बढ्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, राप्रपा नेपालले सरकारले हालसालै ल्याएको सहकारी सम्बन्धी अध्यादेश अपुरो रहेको पनि निष्कर्ष निकालेको छ । ‘सहकारी संस्था संचालनका सम्बन्धी सरकारले हालै जारी गरेको अध्यादेश अपुरो छ । सो अध्यादेशले सहकारी पिडितहरूको समस्या समाधान गर्दैन,’ पार्टी निर्णयमा भनिएको छ ।

  • २० पुस २०८१, शनिबार

प्रतिक्रिया