रुपन्देहीको बुटवलमा आमा र दुई बालिकाको हत्या : एक जना पक्राउ

काठमाण्डौ  रुपन्देहीको बुटवलमा तीन जनाको हत्या भएको छ । बुटवलको होराइजन चोकमा आमासहित दुई जना बालिकाको हत्या भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार होराइजन चोकको मिलिजुली पथमा दीपा बस्याल र उहाँका दुई छोरीहरू सात वर्षीया स्नेहा  र चार वर्षीया हिमानीको हत्या भएको हो ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया