काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज एउटा खेल हुँदैछ । आज हुने खेलमा नेपाली समयअनुसार राति सवा ११ बजे आर्सनल र ब्रेन्टफोर्ड खेल्दैछन् ।
आर्सनल १८ खेलमा ३६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । ब्रेन्टफोर्ड समान १८ खेलमा २४ अङ्कसहित बाह्रौं स्थानमा छ । आजको खेल जितेमा आर्सनल अङ्कतालिकाको दोस्रो स्थानमा पुग्नेछ ।
दोस्रो स्थानमा रहेको नटिङ्घम फरेस्टको १९ खेलमा ३७ अङ्क रहेको छ । अङ्कतालिकामा १८ खेलमा ४५ अङ्कसहित लिभरपुल शीर्ष स्थानमा छ ।
१८ पुस २०८१, बुधबार ०८:२९ मा प्रकाशित