काठमाडौं । पश्चिम अफ्रिकाबाट स्पेनतर्फ गइरहेको डुङ्गा मोरक्कोमा पल्टिँदा कम्तीमा ६९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा २५ जना मालीका नागरिक रहेका बीबीसीले जनाएको छ ।
झन्डै ८० जना सवार रहेका ‘अस्थायी डुङ्गा’ मा ११ जनामात्रै बाँचेका मालीका अधिकारीहरूले जानकारी दिएका छन् । बाँचेका ११ मध्ये नौ जना मालीका नागरिक रहेका खबरमा उल्लेख छ । यो डुङ्गा गएको हप्ता डुबेको थियो तर मालीले अहिले पुष्टि गरेको हो ।
१३ पुस २०८१, शनिबार
१४ पुस २०८१, शनिवार ०४:५९ मा प्रकाशित