पुलिसले जित्यो एमएम एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि

काठमाण्डौ  त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले एमएम एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा हिजो भएको फाइनल खेलमा पुलिसले आर्मीलाई २४ रनले हराएको छ ।

पुलिसले दिएको दुई सय ४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा दुई सय १५ रन बनाएर अलआउट भयो ।

त्यसअघि टस होरेर ब्याटिङ गरेको पुलिसले अन्तिम ओभरको अन्तिम बलमा सबै विकेट गुमाएर दुई सय ३९ रन बनाएको थियो । पुलिस समूह ‘बी’ को विजेता र आर्मी समूह ‘ए’ को विजेता बन्दै फाइलनमा पुगेको थियो ।

एमएम कप मनमोहन फाउन्डेशनद्वारा आयोजित प्रतियोगिताको विजेता पुलिसले चार लाख र उपविजेता आर्मीले दुई २ लाख रुपैयाँ पुरस्कार पाएको छ । प्रतियोगितामा छ टिमको सहभागिता रहेको थियो।

प्रतिक्रिया