सभामुखले बोलाए प्रमुख दलका सचेतकहरूको बैठक

काठमाडौं । संसद्को क्यालेन्डरलगायत विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकको बैठक बोलाएका छन् । 

सभामुख घिमिरेले संसद्को क्यालेन्डरलगायत विषयमा छलफल गर्न आज बिहान ९ बजे सिंहदरवारमा प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकको बैठक बोलाएका हुन् । 

जेठ १३ गतेदेखि संसद् अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ । प्रभावित भएको तालिकालाई कसरी संशोधन गर्दै संसद्लाई प्रभावकारी बनाउने भन्ने विषयमा बैठकमा छलफल हुनेछ । 

प्रतिक्रिया