ड्युटीमा खटिएका प्रहरीको हतियार पड्किदा, सहकर्मी घाइते

bmn.news

सप्तरी:- सप्तरीको राजविराज नगरपालिका–६ स्थित कारागार कार्यालयमा ड्युटीमा खटिएका प्रहरी जवानको हतियार असावधानीपूर्वक पड्किँदा अर्को प्रहरी जवान घाइते भएका छन्।

बुधबार राति करिब ११ बजेर २० मिनेटमा सुरक्षा गार्डको ‘ए’ ब्लकमा ड्युटीमा रहेका प्रहरी जवान बिसोजित राय यादवले बोकेको एसएलआर राइफलबाट गोली अनियन्त्रित रूपमा चलेको हो।

घटनामा २२ वर्षीय प्रहरी जवान अजय कुमार मोता घाइते भएका छन्। गोली भित्तामा ठोक्किएपछि निस्किएको टुक्रा लागेर उनको ढाडको माथिल्लो भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी रूपक खड्काले जानकारी दिए।

घाइते जवानको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया