प्रधानमन्त्री कप भलिबलमा महिलातर्फ पुलिसले अपराजित रहँदै फाइनल खेल्ने

काठमाण्डौ  नवाैं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा महिलातर्फ नेपाल पुलिस क्लब लिगमा अपराजित रहन सफल भएको छ ।

साविक विजेतासमेत रहेको पुलिसले आज भएको खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हरायो । यो खेलको नतिजापछि पुलिस ५ खेलमा १४ अङ्कसहित शीर्ष र समान खेलमा न्यु डायमन्ड १२ अङ्कसहित दोस्रो स्थानमा रह्यो ।

यी दुई टोलीले भोलि उपाधिका लागि खेल्नेछन् । तेस्रो स्थानका लागि नेपाल एपीएफ क्लब र एभरेस्ट भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ गण्डकी प्रदेश र हेल्प नेपालले फाइनल खेल्दा पुलिस र त्रिभुवन आर्मी क्लबले तेस्रो स्थानका लागि खेल्नेछन् ।

प्रतिक्रिया