माओवादीको स्थायी कमिटी बैठक स्थगित

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ। शनिबार दिउँसो २ बजेका लागि तय भएको बैठक स्थगित भएको माओवादी केन्द्रका प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को कार्यव्यस्तताका कारण शनिबारका लागि तय भएको बैठक स्थगित भएको हो। बैठक आइतबार बिहान ८ बजे बस्ने उपाध्यक्ष सापकोटाले जानकारी दिए।

माओवादीको केन्द्रीय कमिटी बैठक पनि भोलिदेखि नै बस्दै छ। केन्द्रीय कमिटी बैठकको तयारीबारे स्थायी कमिटीमा बिहीबारदेखि छलफल भइरहेको थियो।

  • २० पुस २०८१, शनिबार

प्रतिक्रिया