सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढ्यो

काठमाण्डौ  आज सुनको भाउ एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख १ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार सात सय ९० रुपैयाँ रहेको थियो । 

  • १९ पुस २०८१, शुक्रबार

प्रतिक्रिया