काठमाडौं:- सरकारले आवश्यकताअनुसार नेपाली नागरिकलाई सैन्य तालिम दिन सक्ने कानुनी व्यवस्था गर्न राष्ट्रिय सेवा दलसम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ।
प्रस्तावित विधेयकमा विद्यार्थीसँगै उमेर
पुगेका नेपाली नागरिकलाई पनि राष्ट्रिय सेवा दलमार्फत तालिम दिन सकिने व्यवस्था
गरिएको छ। तालिम प्राप्त व्यक्तिलाई आवश्यकता अनुसार स्वयंसेवकका रूपमा परिचालन
गर्न सकिने प्रावधान पनि राखिएको छ।
विधेयकअनुसार सेवा दलको प्रमुख संरक्षक
प्रधानमन्त्री र संरक्षक रक्षामन्त्री रहनेछन् भने तालिम नेपाली सेनाले सञ्चालन
गर्नेछ। सरकारले राष्ट्रिय सुरक्षा र नागरिकको क्षमता अभिवृद्धिका लागि यो
व्यवस्था प्रस्ताव गरेको जनाएको छ।
सरकारले यो व्यवस्था राष्ट्रिय सेवा
दललाई आधुनिक बनाउने उद्देश्यले अघि सारेको जनाएको छ। यद्यपि, सबै नागरिकलाई सैन्य तालिम दिने अवधारणा
यसअघि पनि विभिन्न राजनीतिक दलले बहसमा ल्याइसकेका विषयमध्ये एक हो।