सीआईबीको फेक इमेल बनाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को फेक इमेल बनाएर ठगीमा संलग्न दुई जना पक्राउ परेका छन् । प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा तथा कार्यालयको लोगोसमेत दुरुपयोग गरेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिका–७ स्थायी ठेगाना भएका अन्दाजी २० वर्षीय मनिष कुमार मेहता र सोही गाउँपालिका वडा नम्बर १ का अन्दाजी २१ वर्षीय ईन्द्रजित यादव रहेका छन् ।

साइबर ब्‍यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपक राज अवस्थीका अनुसार सुनसरी प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया