काठमाण्डौ । सभापति कपमा मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै सङ्कटा फुटबल क्लब फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालमा हिजो भएको पहिलो सेमिफाइनलमा सङ्कटा फुटबल क्लबले मच्छिन्द्रलाई सडनडेथमा ८–७ ले पराजित गरेको हो । योसँगै मच्छिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ । सङ्कटा उपाधि नजिक पुगेको छ ।
आज दोस्रो सेमिफाइनलमा आयोजक बाग्मती लोकतान्त्रिक र एनआरटीबीच खेल हुनेछ । फाइनल खेल पर्सि बिहीवार हुनेछ ।
१६ माघ २०८१, मङ्गलबार ०२:३६ मा प्रकाशित