धादिङमा हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । धादिङमा हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  खनियाबास गाउँपालिका–१ झार्लाङका २४ वर्षीय नेशन तामाङ छन् ।

प्रहरीका अनुसार, उनीमाथि सोही ठाउँका ४५ वर्षीय रामबहादुर तामाङको हत्या गरेको आरोप लागेको छ । पुस १४ गते राति नेशन र अर्का ४५ वर्षीय खलासे तामाङले लेनदेन विवादमा रामबहादुरलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका रामबहादुर मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा बिहीबार निधन भएको प्रहरीले जनाएको छ । फरार रहेका खलासेको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया