काठमाण्डाै । श्रीलङ्कासँगको पहिलो टेस्टको पहिलो पारीमा अस्ट्रेलियाले ६ सय ५४ रन बनाएको छ । गलेमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले दोस्रो दिनको चिया समयपछि ६ विकेट गुमाएर ६ सय ५४ रन बनाउँदा पारी समाप्तिको घोषणा गरेको हो ।
अस्ट्रेलियाका उस्मान ख्वाजाले दोहोरो शतक बनाए । टेस्ट क्रिकेटमा ख्वाजाको यो पहिलो दोहोरो शतक हो । यस्तै कप्तान स्टिभ स्मिथ र जोश इन्ग्लिसले शतक तथा ट्राभिस हेडले अर्धशतक बनाए । श्रीलङ्काका प्रभात जयसूर्या र जेफ्रे भन्डारसेले ३/३ विकेट लिए । अहिले घरेलु टोली श्रीलङ्काले पहिलो पारीको ब्याटिङ थालेको छ ।
श्रीलङ्का र अस्ट्रेलियाबीच दुई खेलको टेस्ट क्रिकेट शृङ्खला भइरहेको हो । यसअघि यी दुई टोलीबीच दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला शुरू हुनेछ ।
१९ माघ २०८१, शुक्रबार ०१:५१ मा प्रकाशित