पहिला सुन अनि थुन ! व्यवसायीमाथि बढ्दो धरपकडबीच सुष्मा महराको अपिल

bmn.news

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ ९एफएनसीसीआईको ० जिल्ला–नगर महिला कोटातर्फ केन्द्रीय कार्यकारिणी सदस्य पदकी उम्मेदवार सुष्मा महरा श्रेष्ठले सरकारलाई पहिला सुन्ने अनि थुन्ने नीति अपनाउन आग्रह गरेकी छन् । पछिल्लो समय उद्योगी तथा व्यवसायीमाथि बढ्दो धरपकडको अवस्थाबिच जिल्ला–नगर महिला कोटातर्फ केन्द्रीय कार्यकारिणी सदस्य पदकी उम्मेदवार महराले यस्तो धारणा सार्वजनिक गरेकी हुन । 

आगामी वैशाख २१ गतेदेखि सुरु हुने महासङ्घको निर्वाचनलाई लक्षित गर्दै उनले व्यवसायीहरूले भोगिरहेका समस्याहरू केवल सुन्ने मात्र नभई व्यवहारिक समाधान दिन सक्ने नेतृत्वको खाँचो रहेको बताएकी छन् ।

जिल्ला–नगर महिला कोटातर्फ केन्द्रीय कार्यकारिणी सदस्य पदकी उम्मेदवार श्रेष्ठले अहिलेको आर्थिक अवस्थालाई पूर्ण सङ्कट भन्दा बढी संक्रमणकालको रूपमा व्याख्या गर्दै नीतिगत सुधार र स्थिरताको आवश्यकता औँल्याएकी छन् ।

“अहिलेको अवस्थामा सही नीति, स्थिरता र उद्योगमैत्री वातावरण निर्माण गर्न सके अर्थतन्त्रलाई सम्हाल्न सकिन्छ,” उनले भनेकी छन् । 

दुई दशकभन्दा बढी समयदेखि व्यावसायिक क्षेत्रमा सक्रिय श्रेष्ठले आफ्नो अनुभवलाई आधार बनाउँदै साना तथा मझौला व्यवसायीहरूको आवाजलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले व्यवसाय विस्तारसँगै रोजगारी सिर्जना र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउँदै आएको बताइन् । विशेष गरी महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने अभियानमा आफू निरन्तर लागिरहेको उनको भनाइ छ ।

काठमाडौँ उद्योग वाणिज्य सङ्घमा काम गर्दाको अनुभवले कर प्रणाली, ब्याजदर र नीतिगत जटिलताका कारण व्यवसायीहरूले भोग्नुपरेका समस्या नजिकबाट बुझ्ने अवसर दिएको उनले बताइन । सोही अनुभवका आधारमा उनले साना तथा मझौला उद्यमीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

प्रतिक्रिया