डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत खस्दा कम्तीमा २७ जनाको ज्यान गयो

काठमाडौं । डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिङ्गोमा रहेको जेट सेट नाइट क्लबको छत खस्दा कम्तीमा २७ जनाको ज्यान गएको छ ।

एक सय ५० भन्दा बढी घाइते भएका स्थानीय प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । प्रसिद्ध डोमिनिकन मेरेंग गायक रुबी पेरेज स्टेजमा प्रदर्शन गरिरहेका बेला अचानक क्लबको छत खसकेको हो ।

दुर्घटना हुँदा क्लबमा पाँच सय देखि एक हजार जनासम्म मानिस रहेका थिए । राष्ट्रपति लुइस अबिनाडेरले उद्धार कार्यलाई प्राथमिकता दिन घटनास्थलको अनुगमन गर्नुभएको छ । 

प्रतिक्रिया