राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाहको प्रयास, प्रतिपक्षले उठायो सरकारमाथि प्रश्न

bmn.news

काठमाडौं:- त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ ।

उनको परिचय खुलेको छैन भने आत्मदाह प्रयास गर्नुको कारण पनि खुलेको छैन।

राहदानी बनाउन भएको अत्यधिक ढिलाइप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो कदम चालेको भन्दै संसदमा मा युवराज दुलालले सरकारमाथि कडा प्रश्न गरेका छन्।

उनले सरकार गठन हुँदा ‘जनताको घर–घरमै राहदानी पुर्‍याउने’ प्रतिबद्धता गरिएको स्मरण गराउँदै, आज राहदानीकै लागि नागरिकले आत्मदाहको प्रयास गर्नुपर्ने अवस्था आउनु अत्यन्त दुःखद भएको बताए। उनले भने, “सरकार कहाँ छ? कतिजना नागरिकले आफ्नो शरीरमा आगो लगाएपछि मात्रै राहदानी समयमै पाउने अवस्था बन्छ?” भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। 

प्रतिक्रिया