प्रधानमन्त्रीद्वारा त्रिविका उपकुलपतिकाे राजीनामा स्वीकृत

काठमाण्डाै  त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा स्वीकृत गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

राजीनामा बुझाएको १२ दिनपछि बरालको राजीनामा स्वीकृत भएको हो । बरालले भने काम गर्ने वातावरण नभएकाले पद त्याग गरेको बताउँदै आउनुभएको छ । उहाँ निकट प्रध्यापकहरू प्रधानमन्त्रीको हस्तक्षेप र सरकारको असहयोगका कारण बराललाई राजीनामा दिन बाध्य पारिएको बताउँछन् ।

बराल २०८० साल फागुन १० गते उपकुलपति नियुक्ति हुनुभएको हो । उहाँलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपति नियुक्त गर्नुभएको थियो ।

त्रिवि ऐनमा उपकुलपति नभए रेक्टरलाई तीन महिनाका लागि निमित्तको जिम्मेवारी दिन सकिने र त्यस अवधिमा सिफारिश समिति गठन गरी उपकुलपति चयन र नियुक्तिको प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया