माधव नेपालको सांसद पद निलम्बन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ । पतञ्जली जग्गा हदबन्दी छुट प्रकरणमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार मुद्दा दायर गरेसँगै उनको पद स्वतः निलम्बनमा परेको हो ।

उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको सूचना अख्तियारले संसद्लाई दिनेछ । त्यसपछि सभामुखले सदन चलेको अवस्थामा स्वतः निलम्बनको सूचना सुनाउनेछन् । सदन नचलेको अवस्थामा सभामुखले निलम्बनको सूचना टाँस गर्नेछन् ।

प्रतिक्रिया