काठमाण्डौ । २५औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज न्युरोड टिम (एनआरटी) क्लब र भारतको यूके एफसी खेल्दैछन् ।
झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी) लाई हराउँदै एनआरटी सेमिफाइनलमा पुगेको हो भने यूके एफसीले आयोजक धरान फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।
यसअघि हिजोको पहिलो सेमिफाइनल खेलमा भुटानको आरटीसी क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार माघ २६ गते हुनेछ । बुढासुब्बा गोल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
२५ माघ २०८१, बिहिबार ०२:५१ मा प्रकाशित