राखेप उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त

काठमाडौं। सरकारले राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्‌को खाली रहेको उपाध्यक्षमा आचार्यलाई नियुक्त गरेको हो । उनी मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष हुन् ।

  • १७ पुस २०८१, बुधबार

प्रतिक्रिया