काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा चेल्सी र एस्टन भिल्ला विजयी भएका छन् ।
चेल्सीले म्यानचेस्टर युनाइटेडलाई एक गोलले र एस्टन भिल्लाले टोटनहमलाई दुई गोलले हरायो । जीतसँगै चेल्सीको ३७ खेलमा ६६ अङ्क भएको छ । चेल्सी तालिकाको चौथो स्थानमा छ । त्यस्तै एस्टन भिल्लाको ३७ खेलमा ६६ अङ्क नै छ ।
एस्टन भिल्ला पाँचौं स्थानमा रहेको छ । यसअघि नै च्याम्पियन लिगको उपाधि जितेको लिभरपुल ३६ खेलमा ८३ अङ्कसहित शीर्ष स्थानमा छ । उसले अर्को सिजन युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता खेल्ने निश्चित भइसकेको छ ।
आर्सनल ३६ खेलमा ६८ अङ्कसहित तालिकाको दोस्रो, समान ३६ खेलमा ६६ अङ्कसहित न्युक्यासल तेस्रो स्थानमा छ । ३६ खेलमा ६५ अङ्क रहेको म्यानचेस्टर सिटी तालिकाको छैटौं स्थानमा छ ।
५ जेठ २०८२, शनिवार ०३:१५ मा प्रकाशित