काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध दायर भ्रष्टाचार मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ ।
मंगलबारदेखि विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र विदुर कोइरालाको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । आज पनि सुनुवाइ नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेसी वैशाख ७ गते आइतबार तोकिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध २०८० चैत २८ गते र २०८१ जेठ २९ गते फरक फरक अभियोग पत्र दायर गर्दै ३५ करोड ३० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
५ बैशाख २०८२, बिहिबार १०:४८ मा प्रकाशित