काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको हवाई क्षेत्रमा अजरबैजानको विमान दुर्घटना भएको भन्दै माफी माग्नुभएको छ । पुटिनले अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभसँग फोनमा कुरा गरेर आफ्नो हवाई क्षेत्रमा दुखद् घटना भएको भन्दै माफी माग्नुभएको बीबीसीले जनाएको छ ।
पुटिन प्रशासनले निकालेको विज्ञप्तीमा आफ्नो देशको हवाई क्षेत्रमा भएको ‘दुःखद घटना’ माफी मागेको बताए पनि अजरबैजानी विमान खसाल्नुमा रुसको भूमिका रहेको स्वीकार भने गरेको छैन । रुसले युक्रेनी ड्रोन आक्रमणबाट जोगाउन आफ्नो वायु रक्षा प्रयोग गर्दा अजरबैजानको एक यात्रु विमान दुर्घटनाग्रस्त भएको बताइएको छ ।
बुधवार अजरबैजानी विमान कजाकिस्तानको अक्ताउ सहरमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो ।
१४ पुस २०८१, आइतबार
१५ पुस २०८१, आईतबार ०३:२४ मा प्रकाशित